काठमाडौं । सरकारले आज विश्व बसोबास दिवस मनाउने भएको छ ।
सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक शत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो ।
संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ ।