काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । दुवै टिमले प्रतियोगितामा यसअघि तीन-तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् ।
एक अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ स्थानमा छ।
वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ । यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।















