पोखरा । बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ । भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गरे।
आफुहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहाना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाए । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिहरुले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसार भरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउन महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।
पोखराका सुन्दर तालहरु र हिमालय श्रृखलाको सम्बन्ध विश्व मै उत्कृतष्ट रहेको भन्दै प्रदेश प्रमुख शर्माले यसलाई बाग्मति प्रदेशको पर्यटनसँग जोड्दै लैजानु पर्ने बताए । दिगो पर्यटन विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण हुने उनले बताए । आफु मुस्ताङसम्मको यात्राको क्रममा रहेको बताउँदै उनले पोखरालाई केवल एक उपत्यकाको रुपमा मात्र लिन नहुने बताए। पोखरासँग समग्र गण्डकी प्रदेश कै जनजिवन जोडिएको उनले बताए ।
नगर प्रमुख आचार्यले आफुहरु वृहत्तर पोखराको अवधारणामा सञ्चालित विकासका गतिविधिहरुमा आवश्यक समन्वय गर्दै महानगर क्षेत्रमा पर्यटन पुर्वाधारहरु निर्माणको क्रम तिव्र पारिएको बताए । महानगरको समग्र विकासका लागि प्रदेश तथा केन्द्र सरकारसंग आवश्यक समन्वय गर्दै पर्यटन सहित मानव संसाधन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा पनि आफुहरु निरन्तर लागिरहेको बताए । पोखराको पहिचानसँग जोडिएका प्राचिन तथा लोपोन्मुख संस्कृतिहरुको संरक्षण, जर्गेना र प्रवद्र्धनमा महानगर प्रतिवद्ध रहेको उनले बताए ।
भेतवार्ताका क्रममा उनीहरुका बिच अनुभव आदान प्रदान सहित समसामयिक राजनीतिक विषयमा समेत भलाकुसारी भएको छ ।















