चैत्र ४ गते पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित

चैत्र ४ गते पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित

पोखरा । यहीं चैत्र ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा यो कार्यक्रम हुने तय भएसँगै लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको प्रयासले साकार रुप लिनेछ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त्त आयोजनामा गर्न लागिएको घोषणा कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकको भनाइ छ । घोषणा कार्यक्रम अगाडि र्‍याली समेत आयोजना गरिनेछ ।

चैत्र ४ गते बिहान सवा १० बजे बसुन्धरापार्कबाट र्‍याली सुरु भइ सवा ११ बजे बाराहीघाटमा पुगेपछि ‍औपचारिक कार्यक्रम आयोजना हुनेछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र यस वरपरका पालिकाहरू तथा संघसंस्थाको संयुक्त पहलकदमीमा पोखरा पर्यटनको राजधानी घोषणा हुने निश्चित भएको बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्