मोटरसाइकल डिभाईडरमा ठोकिएर दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

मोटरसाइकल डिभाईडरमा ठोकिएर दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

पोखरा । पोखरामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । ज्यान जानेमा कैलाली सोरहनपुर गाउँपालिका ३ घर भएका बर्ष २८ का महेश आचार्य र जानकी गाउँपालिका ३ बस्ने बर्ष ३० को सैलेन्द्र कुमार उपाध्याय रहेका छन् ।

शनिबार बिहान अन्दाजी ३:४५ बजेको समयमा पोखरा ७ बुलौदी औरालोमा बा.प्र०२-०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

हल्लनचोक बाट जिरो किमी तर्फ जादै गरेको मोटरसाईकल सडक बिचमा रहेको डिभाईडरमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुईजना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

टाउकोमा चोट लागेको आचार्यको उपचारको क्रममा बिहान ४:१४ बजेको समयमा डाक्टरबाट मुत्यु घोषणा गरिएको र उपाध्यायको समेत टाउकोमा चोट लागेकोमा उपचारको क्रममा ४;४५ बजेको समयमा डाक्टरबाट मुत्यु घोषणा भएको प्रहरीको भनाइ छ ।

दुवै शव पोष्ट मार्टमका लागि गण्डकी अस्पतालमा राखिएको छ । यो घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्