भारतीय दूतावासले मनायो आफ्नो ७५औँ गणतन्त्र दिवस

भारतीय दूतावासले मनायो आफ्नो ७५औँ गणतन्त्र दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरें ।

सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गरें । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । भारतीय राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरें ।

सोही अवसरमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरें । सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरें ।

कार्यक्रममा दूतावासले ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्