नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीले गरे सफाई

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीले गरे सफाई

बाँके । नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरूको सरफाई गरिएको छ ।

आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन् ।

सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताए ।

“नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ”, उनले भने।

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरूले सामूहिक रुपमा सरसफाई गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्