पोखरा पब्लिकको २९ औँ वार्षिक उत्सव भव्य बनाउने तयारी

पोखरा पब्लिकको २९ औँ वार्षिक उत्सव भव्य बनाउने तयारी

पोखरा ।  पोखरा महानगरपालिका वडा नं १४ अनुपमटोल चाउथेमा अवस्थित पोखरा पब्लिक स्कुलले आफ्नो स्थापनाकालको २९ औँ वार्षिकउत्सव पौष १० र ११ गते दुई दिन विविध कार्यक्रमहरूको आयोजना गरि भव्य रुपमा मनाउने भएको छ ।

वार्षिकउत्सव कार्यक्रमको पहिलो दिन पौष १० गते मंगलबार विद्यालयमा आयोजना हुने बृहत शैक्षिक प्रर्दशनीमा बालसुलभ ढङ्गले विद्याथीहरूद्धारा निर्मित विज्ञान, गणित, सामाजिक, कम्प्युटर लगायत विभिन्न विषयअन्तर्गतका शैक्षिक सामग्रीहरू प्रदर्शन गरिने  विद्यालयले जनाएको छ ।

दोस्रो दिन ११ गते बुधबार  २९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम मार्फत  २०७९ सालको एस.इ.इ परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याएका एक जना विद्यार्थीलाई पच्चिसहजार रुपैयाँ नगद र चाँदीको पदकले सम्मान गर्ने, सो परीक्षा र कक्षा १२ एस.एल.सी परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू, उत्कृष्ट शिक्षक र अनुशासन, सहकार्य आदिमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिने कुरा विद्यालयका संस्थापक प्राचार्य कृष्ण के.सी ले जानकारी दिए ।

विविध सांस्कृतिक समारोह सहित सम्पन्न हुने सो कार्यक्रममा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक बेषभुषा आदिको तयारी पूरा भएको विद्यालयका संगीत शिक्षक सुनिल थापाले जनाए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीले दुई दिन कार्यक्रमको भव्य सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्