काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस बागमती प्रदेश पहिलो सम्मेलन उद्घाटन समारोहमा उनले
अहिले राष्ट्र दोधारमा उभिएको छ, यो अवस्थमा हामी सबैले मिलेर खासगरी काङ्ग्रेसले नेतृत्वदारी भूमिकामा बसेर नेपाललाई
समावेशी समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।
समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदीबासी जनजाती, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था हामीले स्थापित गरेका छौ । यो सबैको समावशितामा आधारित व्यवस्था हो । त्यसै कारण यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहदैँन् ।
हाम्रो पार्टीलाई सुदृढिकरण गर्दै तल्लो तहदेखि नै पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराएर पार्टीलाई अझ बलियो बनाउनको लागि सबै साथिहरू लाग्नु हुनेछ ।
हाम्रो साथिहरूको बीचमा मेलमिलाप हुन्छ, प्रतिस्पर्धा हुन्छ, जितहार हुन्छ तर हार्नेले जित्नेलाई जित्नेले हार्नेलाई सहयोग गर्ने हो भने मेलमिलापको सम्बन्ध राम्रो हुदैँ जान्छ ।