फरार अभियुक्त ७ वर्षपछि पक्राउ

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ परेका छन् ।

अर्घाखाँची साबिकको सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई बि.स २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

यस्तै, सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकाबजनी चोरी मुद्धामा नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ । जगतलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्