नयाँ बैठककक्षमा मन्त्रिपरिषद्को बैठक जारी

नयाँ बैठककक्षमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बसेको हो ।

मन्त्रीपरिषद् बैठकले केही महत्वपुर्ण निर्णय गर्ने  सरकारका प्रवक्ताले बताए । बैठकअघि प्रधानमन्त्री प्रचण्डले बैठक कक्षको अवलोकन गरेका थिए ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्