नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती भने कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्