अरहान्त र विपना स्क्वास च्याम्पियन

अरहान्त र विपना स्क्वास च्याम्पियन

काठमाडौं । अरहान्तकेशर सिंह र विपना ब्लोन शनिबार एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता–२०८० मा च्याम्पियन भएका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघ भवनमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरेका हुन् ।
अरहान्तको खेलजीवनको १४ औं एकल उपाधि भएको छ ।

महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले हराइन ।

यसैगरी यु–१९ गल्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेथटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन् । यु–१९ ब्वाइजको फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले हराए।

यसैगरी मास्टर्स ५० प्लसमा छविलाल पाइजा पुनले प्रज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सीपमा पासाङ ब्लोन दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराए।

नेपाल स्क्वास ¥याकेट्स संघको स्थपना ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्