बालकृष्ण खाँण छुट्ने कि थुनामै रहने? फैसला आज

बालकृष्ण खाँण छुट्ने कि थुनामै रहने? फैसला आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ ।

उक्त सुनुवाइका लागि उच्च अदालत पाटनको एकल इजलासमा आज पेसी तोकिने भएको हो ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश  खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो ।

न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए ।

दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ ।

आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्