सुत्केरीको मृत्यु पछि आफन्तद्वारा अस्पतालभित्रै कुटिए डाक्टर, सघन उपचार कक्ष भर्ना

सुत्केरीको मृत्यु पछि आफन्तद्वारा अस्पतालभित्रै कुटिए डाक्टर, सघन उपचार कक्ष भर्ना

बुटवल । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक बस्यालमाथि हातपात गरेका हुन् ।

सोमबार (मंसिर ११) गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सफलतापूर्वक शल्यक्रियाद्धरा सुत्केरी भएकी थिइन । बुधबार स्वास्थ्यमा अचानक समस्या आए पछि दिउँसो १ः५० मा उनको मृत्यु भएको थियो ।

आफन्तले अस्पतालको लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै छानबिन र क्षतीपूर्तीको माग गरे पछि बिहिबार प्रशासन, अस्प्ताल व्यवस्थापन समिति र पीडित पक्षबीच छलफल चरिहेको बेला डा. बस्यालमाथि आक्रमण भएको थियो । पीडित पक्षले अस्पतालको भौतिक संरचना समेत तोडफोड गरेकाे  र डा बस्याल गम्भिर घाइते भइ सघन उपचार कक्षमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

चिकित्सक संघले सुत्केरीको मृत्यु भएको घटनामा स्वाथ्यकर्मी माथि भएको सांघातीक आक्रमणको भत्सर्ना गरेको छ । चिकित्सक संघ गण्डकीका महासचि सन्तोष पोख्रेलले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाहीको माग गरेका छन् ।

अस्पताल प्रशासनले पनि विज्ञप्ती जारी गदैँ चिकित्सकलाई आक्रमाण गर्ने दोषी उपर कारवाही गरी भय रहित वातावरणमा उच्च मनोवलका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण मिलाईदिन प्रशासनलाई आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवले चिकित्सक माथि आक्रमण गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्