भूकम्प प्रभावित बालबालिकालाई चिसोबाट जोगाउन आग्रह

भूकम्प प्रभावित बालबालिकालाई चिसोबाट जोगाउन आग्रह

काठमाडौं । नेपाल रिटर्नी एशोसिएशनले भूकम्पबाट प्रभावित दुई जिल्लाका बालबालिकालाई चिसोबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एशोसिएशनका अध्यक्ष प्रवीण पौडेलले भूकम्प पीडितका लागि जुटेको राहत सदरमुकाममै थन्क्याइएको तर पीडित बालबालिका र नागरिक चिसोमा कठ्याङ्ग्रिनु परेको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायलाई पीडित परिवारको व्यवस्थापनमा थप ध्यान दिन आग्रह गरेका छन् ।

पौडेलले भने, ‘दिनप्रतिदिन चिसो बढ्दै गएकोले उक्त क्षेत्रको बालबालिका, सुत्केरी वृद्धवृद्धालाई असर गरेकाले अति प्रभावित नागरिकलाई यथासिघ्र उचित व्यवस्थापन गर्नुपर्छ । ६ महिना देखि माथिका बालबालिकालाई राहतको कोटामा नराखिएको पाइयो यसमा सम्बन्धित सबैले ध्यान पुर्याउन आवश्यक छ । उनीहरु सबैलाई चिसोबाट जोगाउनुपर्छ ।’

एशोसियसनका सचिव प्रकाश महराले विभिन्न दाताहरुले राहत सामग्री हस्तान्तरण गरे पनि भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले उक्त सामग्री पुग्न नसकेको बताएका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाको स्थलगत निरीक्षण गरि राहत वितरण गरेको एशोसिएशनको टोलीले सदरमुकाम वरपरका पीडित बालबालिकालाई समेत सहयोगको आवश्यकता रहेको बताएको छ ।

एशोसिएशनको टोलीले १५ लाख बराबरको चामल, न्यानो सिरक लगायतका राहत सामग्री कुसे गाउँपालिकाका विभिन्न वडामा वितरण गरेको एशोसियसनका सचिव बम बहादुर बिसीले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्