पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि –२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
दुबै खेलमा उत्कृष्ट जित निकाल्दै आर्मीले समूह डी को विजेता बन्दैँ सेमिफाइनल यात्रा पक्का गरेको हो । जितको लागि आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशीले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
कोशीका सोनु अन्सारीले २ छक्का र ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३४, कप्तान अंकित सुवेदी डक र मिनाश थापा १६ रनमा बाहिरिए ।
आर्मीका सोमपाल कामी र विवेक यादवले समान दुई विकेट लिए । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले १–१ विकेट लिए ।
टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरे । सन्तोषले ५० रन र भीमले ५३ रन बनाए । कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रन जोडे ।
बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १/ १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ सुरु गरेको कोशी प्रदेश १८ ओभर २ बलमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए सन्दीप रजाली, कुशल मल्ल ७–७ र विवेक यादव १ रनमा आउट भए । साहब आलम ८ र सोमपाल कामी ३ रनमा नट आउट रहे ।
कोशी प्रदेशका श्रवण यादवले ३ विकेट, कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले एक एक विकेट लिए ।
योसगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनल बुधबार पहिलो सेमिफाइनलमा बागमती र आर्मी र दोस्रो सेमिफाइनल बहिबार मधेश र एपिएफ खेल्नेछन् ।
बिहिवार मंसिर (१४) हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मी र बिहिवार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबिच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार (मंसिर १५) हुनेछ ।