पर्यावरणका मुद्दाप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड

पर्यावरणका मुद्दाप्रति सरकार गम्भीर छ:  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यावरणका मुद्दाप्रति सरकार निकै गम्भीर र संवेदनशील रहेको बताएका छन् ।

पूर्ववनमन्त्री तथा माओवादी पार्टीका केन्द्रीय सदस्य विशाल खड्काद्धारा लिखित ‘पर्यावरणीय संकट:  आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण कार्यक्रममा शनबिार राजधानीमा बोल्दै उनले आफू माक्र्सवादी भएका नाताले, इतिहासप्रति र वर्गप्रति गम्भीर हुनुपर्ने भन्दै सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको बताएका हुन् ।

‘हामीले भावी पुस्तालाई विरासतमा कस्तो पर्यावरण दिएर जानेछौँ भन्ने उहाँको संकथनले मलाइ निकै संवेदनशील बनायो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी माक्र्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ र कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु । हाम्रो पार्टी नेकपा माओवादी केन्द्र र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ । हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन् ।’

विकसित मुलुकहरूको मूल ध्येय पर्यावरण जोगाउनुको सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न नसकिने उनले बताए ।

उनले भने ‘त्यसैले लेखकले अविकसित र अल्प विकासशील मुलुकहरूले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरूको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ ।’ पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभइ माक्र्सवादी अर्थ राजनीतिको मूल सरोकारको भएको उनले बताए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्