पोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शनिबारको पहिलो खेल कर्णाली प्रदेशले जितेको छ । कर्णालीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई ४ विकेटले पराजीत गरेको हो ।
आयोजक रातो र कर्णाली प्रदेशलाई पराजीत गदै बागमती प्रदेश सेमिफाइनलमा प्रवेस गरिसकेको छ ।
पोखरा रंगशालामा भएको खेलमा टस जितेर व्याटिङ गरेको मदन भण्डारी रातोले दिएको एक सय १० रनको लक्ष्यलाई कर्णालीले १८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्याे ।
आयोजक रातोका लागि रोशन गौतमले ३०, निर्मल थापा १७, निश्चल ग्यावतीले १९ रन, सेहजाद आमलले १६ रन बनाए ।
कर्णालीका प्रकाश जैसीले २ विकेट लिए ।
कर्णालीका लागि दिपेन्द्र रावतले उत्कृष्ट इनिङ गदैँ ३१ बलमा ३ छक्का र २ चौका हान्दै ४३ रन बनाए । प्रकास जैसीले १९, निश्चल रावल १५ रन बनाए ।
आयोजक रातोका सन्तोष यादवले २ र विप्रासन केसीले २ विकेट लिए ।
दिपेन्द्र रावत प्लेयर अफ दि म्याच घोषित भए । शनिबारको दोस्रो खेल सशस्त्र प्रहरी बल (एपिएफ) र लुम्बिनी प्रदेशकाबीच जारी छ ।