भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ: परराष्ट्रमन्त्री साउद

एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेकाछन्: परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौंको १४औं साधारणसभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ । केही समस्या छन् । हाम्रो भाषा हाम्रो भेषभूषा बचाउनका लागि बडो गाह्रो छ ।’

उनले हस्तानतरण हुँदै आएका परम्पराहरूलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धाराणा राखे ।

उनले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरू हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरू हाम्रो भेषभूषाका कुराहरू जीवनपद्धतिका कुराहरू आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ ।’

उनले सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्