दण्डहीनता अन्त्यका लागि आचार्यले गरे अनशन घोषणा

दण्डहीनता अन्त्यका लागि आचार्यले गरे अनशन घोषणा

काठमाडौं । काठमाडौंका ७८ वर्षीय टंकप्रसाद आचार्यले सोमबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको गर्दै उनले देशको आर्थिक न्यायिक कानुनी अवस्थाको परिवर्तन गराउन आमरण अनशन थाल्ने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतले दण्ड, सजाय दिनुपर्ने र जेल पठाउनु पर्ने अपराधीहरुलाई छुट दिएको आरोप लगाउँदै उनले दण्डहीनताको अवस्था परिवर्तनको माग लिएर अनशन बस्ने बताए ।

सर्वोच्च अदालत अराजनीतिक चरित्रका मानिसको पछि लागेको उनको आरोप छ । ऐन, कानुन, नियम र संविधानको पालना गराउन न्यायिक निकाय असक्ष्म देखिँदा आफूलाई चित्त नबुझेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो देश आर्थिक संकटमा अवस्था छ । त्यसको जाँच गर्नुपर्ने सर्वोच्च अदालतले हो । अदालत पनि अराजनीतिक चरित्रका मानिसको पछि लागेको अवस्थामा छ । अदालत नै उनीहरुको कब्जामा भएको हुनाले ऐन, कानुन, नियमको पालना केही पनि हुँदैन ।’

दण्डहीनताको अन्त्यका लागि आफूले दबाब दिन सत्याग्रहको बाटो राजेको उनले बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्