पोखर । कर्मफ्लाइट्स फउण्डेशन नेपाल, पोखराले भूकम्प प्रभावितलाई राहत हस्तान्तरण गरेको छ । फाउण्डेसनले रुकुममा पुगेर भूकम्प प्रभावितरालाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।
रुकुमको त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिकामा उक्त राहत सामाग्री वितरण गरिएको फाउण्डेसनकी अध्यक्ष शर्मिला शर्माले जानकारी दिइन् ।
आठबिसकोट नगरपालिकामा दुईसय घर परिवार र त्रिवेणी गाउँपालिकाकामा एक सय घर परिवारलाई सम्बन्धीत पालिकाको रोहवरमा राहत सामाग्री हस्तान्तरण गरिएको उनले बताइन् ।
आठबिसकोट नगरपालिकाका नगर प्रमूख रवि केसीले उक्त सामाग्री बुझेका थिए । भूकम्पबाट बढि प्रभावित भएको नगरपालिकाको ं११ नक्बर वडाका गर्भवती, सुत्केरी, घाइते तथा अपाङग, महिला, ज्यष्ठ नागरिकलाई फउण्डेसनै उपस्थितिमा ती सामाग्री वितरण गरिएको थियो ।
उक्त नगरपालिकामा राहत सामाग्रीमा पाल, ज्याकेट, लत्ताकपडा, पिफोम तथा ठूलो साइजको फाइबर सिरक गरी १० लाख २६ हजार ५०० बराबरको राहत सामाग्री रहेको थियो ।
यस्तै फाउण्डेसनले पालिकाको सहयोगमा सो स्थानमा स्वास्थ्य सहायता डेक्स पनि स्थापना गरेको थियो । सो अवसरमा भूकम्पबाट घाइते तथा चोटपटक लागेका, ज्यष्ठ नागरीक र बालबालिकाको प्राथमिक उपचार गरी औषधी प्रदान गरिएको थियो । १५३ जनाले डेक्सबाट स्वास्थ्य सेवा लिएको शर्माले बताइन् ।
त्रिवेणी गाउपालिकामा फाउण्डेसनले २५ जना नवजात शिशुको लागि एक एकथान भोटो सेट (४ पिस) र न्यानो ब्ल्याङकेट र अन्य राहत सामागी प्रदान गरेको छ । तीन लाख १२ हजार ५ सय बराबरको राहत सामाग्री पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती मार्फत हस्तान्तरण गरिएको फाउण्डेसनका अध्यक्ष शर्माले जानकारी दिइन् । ती सामाग्री १ र ४ नम्बर वडामा वितरण गरिने छ ।
फाउण्डेसनले पोखरा –९ स्थित चिप्लेढुंगा मिनी मार्केट एस्सोसियसनमा आबद्ध व्यवसायीहरुबाट करिब ६ लाख बराबरको न्यानो कपडा, पोखरा महानगरको साझेदारीमा पोखरामा कपडा बैंक संचालन गरि संकलित थ्रेप्ट कपडाहरु पनि भूकम्प प्रभावित क्षेत्रमा प्रदान गरेको छ ।
भूकम्पमा ठूलो जनधनको क्षतिभई तत्काल राहतको लागि संस्थाले आव्हान गरेको सहयोगमा पोखरेली समुदाय, नेदरल्याण्डस्थित स्टिचिङ वार्म नेष्ट फाउण्डेशनको आर्थिक साझेदारीमा राहत सामाग्री रुकुम पश्चिममा प्रदान गरिएको हो । यस्तै दोश्रो चरणमा पनि राहात सामाग्री र भौतिक संरचना निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा जाने फाउण्डेसनले जनाएको छ ।