भारत र क्यानडाको सम्बन्धमा सुधार, ई–भिसा सेवा सुरु

काठमाडौं । करिब दुई महिनापछि भारतले क्यानाडाका नागरिकका लागि ई–भिसा सेवा पुनस्थापित गरेको छ । क्यानडाका मानिसहरु अब भारत आउन सक्नेछन् । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई–भिसा दिने काम सुरु भएको जानकारी दिए । क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई–भिसामा पनि प्रतिबन्ध लगाइएको थियो ।

क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि परराष्ट्र मन्त्री जयशंकरले प्रष्टीकरण दिएका छन् ।

ई–भिसाको नियम साधारण राहदानी लिएकाहरुका लागि हो । अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनु पर्नेछ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीप सिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए । उनको उक्त भनाइपछि दुई देश बीचको सम्बन्ध चिसिएको थियो । एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि कूटनीतिक सम्बन्ध थप बिग्रिएको थियो ।

भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानाडेली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो । ई–भिसामा प्रतिबन्ध पनि ती चरणहरूमध्ये एक थियो । खालिस्तान समर्थक हरदीप सिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्