दुई पटक विश्वकप जितेका वेस्ट इन्डिजका खेलाडी प्रतिबन्धमा

दुई पटक विश्वकप जितेका वेस्ट इन्डिजका खेलाडी प्रतिबन्धमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान मार्लोन स्यामुएल्सलाई ६ वर्षको प्रतिबन्ध लगाएको छ ।
भ्रष्टाचारविरोधी संहिता उल्लंघन गरेको भन्दै सामुएलमाथि प्रतिबन्ध लगाइएको हो । आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत यो जानकारी दिएको हो । मार्लोनमाथिको प्रतिबन्ध नोभेम्बर ११ देखि नै सुरु भएको र उनले ६ वर्षको अवधिमा कुनै पनि क्रिकेट खेल्न पाउने छैनन् ।

मार्लोन स्यामुएल्सलाई एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहितासँग सम्बन्धित नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ । आईसीसीको एचआर एण्ड इन्टिग्रिटी युनिटका प्रमुख एलेक्स मार्सनले स्यामुएल्समाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

स्यामुएलले झण्डै दुई दशकदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । आरोपअनुसार, स्यामुएल्सले २०१९ मा अबु धाबी टी–१० लिगमा भ्रष्टाचार सम्बन्धी नियम तोडेका थिए । यसैलाई ध्यानमा राख्दै आईसीसीले उनीमाथि चारवटा धारा लगाएर कारबाही गरेको हो । सामुएल्स भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको यो पहिलो पटक भने होइन । यसअघि पनि सन् २००८ मा पनि उनीमाथि पैसा लिएको आरोप लागेको थियो ।

त्यसबेला पनि दोषी ठहर भई उनले दुई वर्षको प्रतिबन्ध भोगेका थिए ।

यसबाहेक सन् २०१५ मा उनको बलिङ एक्सनका कारण एक वर्षको प्रतिबन्ध लागेको थियो । यस पटक सामुएल्सलाई इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिताको धारा २.४.२, २.४.३, २.४.६ र २.४.७ उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ । दोषी ठहरिएपछि स्यामुएल्सका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन ।

मार्लोन स्यामुअल्स वेस्टइन्डिजले २०१२ र २०१६ को टी–२० विश्वकप जित्दा टोलीमा थिए । यी दुवै फाइनलमा वेस्ट इन्डिजका लागि उनले सर्वाधिक रन पनि बनाएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्