नेपालको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ: अर्थमन्त्री महत

नेपालको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरणमहतले नेपालको प्रणाली नै खराब भन्ने नकारात्मक भावना फैलाएर फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित शङखधर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्रणाली नै खराब भन्ने नकारात्मक वातावरण बनाएर पलायनलाई प्रोत्साहन गर्ने काम भएको बताए ।

सोही नकारात्मक भावनाबाट आफ्नो फाइदा उठाउने प्रयास भइरहेको तर त्यो सफल नहुने अर्थमन्त्री एवं कांग्रेस नेता महतले बताए ।

उनले भने, ‘अहिले एउटा ट्रेन्ड छ । नकारात्मक रुपमा नेपालको प्रणाली नै खराब भन्ने वातावरण देशमा बनाएर पलायनलाई प्रोत्साहन गर्ने अनि त्यही नकारात्मक भावनाबाट आफ्नो फाइदा उठाउने प्रयास भइरहेको छ । यो सफल हुँदैन । नेपालमा विकास सम्भव छ ।’

उनले संसारमै आर्थिक मन्दी रहे पनि नेपालको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको बताए ।

उनले भने, ‘अहिले संसारमै एउटा शिथिलता र आर्थिक मन्दी छ । तर कोरोना महामारी, भूकम्पको कारण ठूलो खर्च गर्नुपर्ने छ । त्यसको बावजुद अहिले हाम्रो अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ ।’

अर्थमन्त्री महतले नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने दाबी गर्दै भने, ‘नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा हुँदै हुँदैन । यो विशिष्ट मौलिक संस्कृति हो ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्