राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले भेटवार्ता गरेका छन्। भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री प्रचण्ड पुगेका थिए । उक्त भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन प्रचण्डको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा छलफल भएको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्