काठमाडौं । जनता दलका अध्यक्ष हरिचरण शाहले संघीय गणतान्त्रिक व्यवस्था माथि प्रहार भईरहेको बताएका छन् ।
शनिबार संवैधानिक शासकिय स्वरुप र यसको विकल्प विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामाथि प्रतिपक्ष पुरातनवादी शासकहरुले प्रहार गरिरहेको टिप्पणी गरे ।
उनले भने,‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको प्रतिपक्ष पुरातावादी पहिलेका शासकहरुले कसरी गणतन्त्रमाथि प्रहार भईरहेको छ । कसले टाउको उचालिरहेका छन् । यसको कारण के हो त । हामी गणतन्त्रवादीहरु जो देश निर्माणको बचन दिएका थियौं त्यो बचन पूरा नगर्ने र कु बाटो हिड्ने कुकृत्य गर्ने भ्रष्टाचार गर्ने नेपालीलाई बेच्ने गर्ने हाम्रै गल्तिले हामीमाथि प्रहार भैरहेको छ ।’
स्वतन्त्रतामाथि आघात गर्ने शत्रुहरु मौलाईरहेको टिप्पणी गरे । यस्तो बेला प्राप्त भएको उपलब्धी जाला कि भन्ने चिन्ताले सबै चुप बसेको उनको भनाई छ ।
उनले भने,‘जबसम्म शत्रु लागिरहेका छन् । स्वतन्त्रतामाथिआघात गर्ने शत्रुहरु सल्बलाई रहेको बेलामा हामी चुप लागेर बस्यौँभने प्राप्त भएको उपलब्धी जाला कि भन्ने डरले ।’