मंसिर सात वार्मअप मात्रै, पुरा फिल्मको तयारी भइरहेको छ: पोखरेल

मंसिर सात वार्मअप मात्रै, पुरा फिल्मको तयारी भइरहेको छ: पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, मंसिर ७ गते काठमाडौंमा युवा संघले गर्ने भनेको वृहत जनप्रदर्शन वार्मअप मात्रै भएको बताएका छन् ।

मंसिर ७ गते युवासंघले गर्ने भनेको जनप्रर्दशनअघि आज पार्टी कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले, ठुलो आन्दोलनको तयारी भइरहेको खुलासा गरेका हुन् ।

उनले भने ‘मंसिर सात एक प्रकारले भन्नु हुन्छ भने हाम्रो अभियानको वार्मअप मात्रै हो । पुरा फिल्म देख्न लागि त हामी अझ तयारीको यात्रामा जुटिरहेका छौँ । यो मुलुकमा अहिले जुन खालका वेथिति भइरहेको छ । के हामी सबै प्रकारका वेथिति टुलुटुलु हेरेर बस्न सक्छौँ ?’

शनिवार केन्द्रीय कार्यालय च्यासलमा जारी भेलालाई सम्बोधन गर्दै पोखरेलले अहिले सबैले एमालेमाथि निसाना साँधेको जिकिर गरे । ‘सत्तामा बस्नेहरुको निसाना एमाले, पुराना होइन् नयाँ भन्नेहरुको निसाना पनि एमाले, परिर्वतन असफल भयो अब राजा नै चाहिन्छ भन्नेहरु प्रतिगामिहरुको निसाना पनि एमाले । के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टी माथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नु पर्दछ ।’ उनले भने ‘यो एमालेमाथिको प्रहार होइन, देशभक्तहरुमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन नेपाली जनताको भविश्वमाथिको प्रहार हो भन्ने कुरालाई बुझ्न जरुरी छ र त्यो प्रहारकाविरुद्धमा नेपाली जनतालाई उभ्याउनका लागि युवा र विद्यार्थीहरू उठ्न जरुरी छ । राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब एमाले सम्बद्ध युवा विद्यार्थीहरूको मोर्चा कसेका छन् । ’

जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ ।

भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए ।

यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिती,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनले बताइन् ।

भेला जाजरकोट भुकम्प प्रभावितको लागि स्वंसेवी अभियान,मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उनको भनाइ थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्