रहिनन् एमाले नेतृ कोमल ओलीकी आमा

रहिनन् एमाले नेतृ  कोमल ओलीकी आमा

काठमाडौं । गायिका, पूर्व सञ्चालकर्मी तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।
ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।दीपाको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । दीपाका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्