सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा: गोकुल बास्कोटा

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन् । उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लािग बनाएको अस्थाई घरबारे ब्यङ्ग्य गरे ।

उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुईचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’

त्यस्तै उनले सरकार भन्दा नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् ।

‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’ बास्कोटाले लेखेका छन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्