काठमाडौं । नेपाल कराते महासंघले, सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले आगामि मंसिर १२ गते देखि १७ गते सम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएका हुन् ।
महासंघलले २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको उनले जानकारी दिए ।
‘ नेपालको इतिहासमा २५ वर्षपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो एउटा करातेको विकासमा एउटा कोसेढुङ्गा हुनसक्छ । ’ उनले भने ।
च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकालगायतका देशहरुको सहभागीता रहने संघले जानकारी दिएको छ ।