‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म निरन्तर रहने

‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म निरन्तर रहने

पोखरा । भोली शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र ‘दिमाग खराब’ प्रर्दशन नगर्ने भनिएपनि आगामी मंगलबारसम्म चलचित्र प्रदर्शन पूर्ववत रुपमा गर्ने सहमती भएको छ । आज बिहीबार चलचित्र दिमाग खराबका निर्माताहरु र नेपाल चलचित्र संघको कार्यसमितिबिचको छलफल पश्चात यस्तो निर्णय गरिएको नेपाल चलचित्र संघले जनाएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनले प्रेस-विज्ञप्ति प्रकाशित गरेर दिएको जानकारी अनुसार आजको छलफल सकारात्मक भएको छ । बाँकी केही बुँदामा मंसिर ५ गते छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरिएको उनले उल्लेख गरेका छन् ।

यता नेपाल चलचित्र निर्माता संघले बिहीबार प्रेस-विज्ञप्ति प्रकाशित गरी चलचित्र दिमाग खराब युनिटले गरेको निर्णयप्रति ऐक्यवद्धता प्रकट गरेको छ । निर्माता संघका महासचिव सुनिल कुमार थापाले हेपाहा प्रवृत्तिको अन्त्यको लागि अन्तिम लडाई लड्नुपर्ने समय आइसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्