कुकुरको पूजा गरी मनाइयो कुकुर तिहार

कुकुरको पूजा गरी मनाइयो कुकुर तिहार

काठमाडौं । यमपञ्चक अन्तर्गत तिहारको दोस्रो दिन आज कुकुर पूजा । इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा घरघरमा गरी कुकुर तिहार मनाइएको छ ।

घरमा पालिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला र टीका लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज सुरक्षा निकायले पनि कुकुरको विशेष पूजा गर्ने गर्दछन् । नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायमा कुकुरलाई सुरक्षामा खटाइएको हुन्छ ।

कुकुरलाई आपराधिक घटनाको अनुुसन्धानमा पनि प्रयोग गरिन्छ । त्यसैले नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायले विशेष रुपमा कुकुरको पूजा गरी कुकुर तिहार मनाउने गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्