काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद डाक्टर शशांक कोइरालाले, राजनीति प्रति निराशा व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा लेखक जयबहादुर श्रेष्ठद्धारा लिखित पुस्तक ‘जय श्लोकमाला’ लोकार्पण कार्यक्रममा उनले आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको बताएका हुन् ।
उनले भने,‘सेवा गर्नु नै सबै भन्दाठूलो कुरा हो । मैले मेडिकलमा एक लाखजति अपरेसन गरे। जुन सन्तुष्टि मलाई हुन्छ करौडौ पैसा दिएपनि त्यो सन्तुष्टि मिल्दैन । आजकल म राजनीति गर्दै छु । मेडिकल साईन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपाईको हातमा हुँदैन्। एउटा कुरा सोच्यो अर्कोतिर लाग्छ । ’
लेखक श्रेष्ठद्धारा लिखित पुस्तक ‘जय श्लोकमाला’उनको जीवनीमाआधारित गीति श्लोक संग्रह हो । लेखक तथाप त्रकार विनोद दाहालले सम्पादन गरेको यो गीति श्लोक झ्याउरे लयमा रचिएको छ ।