भूकम्पछिको पुननिर्माणमा एनआरएनले सरकारसँग सहकार्य गर्ने

भूकम्पछिको पुननिर्माणमा एनआरएनले सरकारसँग सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपछिका दिनमा पनि सरकारसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।

अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्माले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको भेटमा आगामी दिनमा गैरआवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनःनिर्माणमा पनि सरकारसँग समन्वय गरेर काम गर्ने शर्माले प्रतिबद्धता जनाए।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुगेर राहत सामग्री वितरण गरेको एनआरएनले बुधबार सुर्खेतमा उपप्रधानमन्त्री खड्कासँग उनकै निवासमा भेटेको थियो।

उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर गरेको सहयोगप्रति एनआरएनएलाई धन्यवाद दिए।

अध्यक्ष शर्मासँग निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धि सागर सुवेदी, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मा सहभागी थिए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्