मुगु । छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँका अन्तरजातीय बिवाह गरेका जोडीलाई नगरपालिकाले एक लाख रुपैयाँ दिएर सम्मान गरेको छ ।
छाँयानाथ रारा नगरपालिकाले रञ्जिता बुढा र देबी कृष्णा कामीलाई अन्तरजातीय विवाह गरेकामा प्रोत्साहन दिन पुरस्कृत गरेको जानकारी दिएको छ।
सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षीय रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षीय देबी कृष्णा कामीले गत माघ १३ गते प्रेम बिवाह गरेका थिए ।
छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्ने नीति अनुसार सममान गरेको नगर प्रमुख विष्णु कुमार भामले बताए।