पूर्वमन्त्री आलमको मुद्दामा बिहीबार फैसला हुने सम्भावना

पूर्वमन्त्री आलमको मुद्दामा बिहीबार फैसला हुने सम्भावना

रौतहट । रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ ।

संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरुलाई इँट्टा भट्टामा जलाएको आरोप उनीमाथि छ ।

उनीसहित ११ जना प्रतिवादी रहेको मुद्दाको मिसिल अदालतमा खोलिएको हो । जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार आलम विरुद्धको मुद्दामा सरकारी वकिल र आलम पक्षको बहस मंगलबार सकिएको छ ।

केही बाँकी वकिलको बहस बुधबार सकिने र त्यसपछि मुद्दाको फैसला हुने उनको भनाई छ । सम्भवतः बुधबारसम्म बहस सकेर बिहीबारसम्ममा मुद्दाको फैसला हुने उनले जानकारी दिए ।

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको हो । सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ०७६ कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।

त्यसपछि भएको वहस र सुनुवाईबाट जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलाशले अलामलाई मुद्दा टुगो नलागेसम्मका लागि कात्तिक २९ गते कारागार पठाउने निर्णय गरेको थियो ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीनवटा मुद्दा चलाइएको थियो । पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु करागारमा छन् । पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्