पोखरा । नेपाली काँग्रेस, गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।
काँग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गरेर नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यले १५ (पन्ध्र) दिन बराबरको तलब रकम नेपाली काँग्रेस, केन्द्रिय राहत कोष मार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको जनाएका छन् ।
बैठकले विनासकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दु:ख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भूकम्प प्रभावितहरुलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध समेत सो बैठकले गरेको प्रमुख सचेतक न्यौपानेले जनाएका छन् । गण्डकी प्रदेशमा काँग्रेसबाट निर्वाचित २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।














