प्रतिवेदन कार्यन्वयनका लागि समिति गठन

प्रतिवेदन कार्यन्वयनका लागि समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले, वायु सेवा सुधार प्रतिवेदन कार्यन्वयनका लागि सुझाव समिति गठन गरेको छ ।

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरिएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।
दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्व महाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो ।

पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवशायीक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रलयले जनाउको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्