कोशी प्रदेशसभाको बैठक आज बस्दै

कोशी प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ ।

यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो ।

बैठकको कार्यसूची बैठक बस्नुअघि तय हुने प्रदेशसभा सचिवचलयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

यसअघि कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सरकारले प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

यसैबीच, प्रदेशसभाको सभामुख चयनवारे बारे दलहरुबीच अनौपचारिक छलफल गरिएको छ ।

गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिएर गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेको छ ।

मुख्यमन्त्री बन्न केदार कार्कीलाई समर्थन गरेको दल नेकपा एमालेले भने सरकार छाडिसकेको छ। यसले गर्दा मुख्यमन्त्रीलाई सबैको सहमति बनाउन असहज बनेको छ ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दा गठबन्धनका दलहरु माओवादी र नेकपा एकीकृतलाई सहभागी गराएपछि एमाले असन्तुष्ट बनेको हो ।

आफूसँग सल्लाह नगरी ती दललाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाइसकेको छ । रानाले राजीनामा दिएसँगै सरकारबाट एमाले बाहिरिएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्