विराटनगर । आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ ।
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७९–८० को प्रतिवेदन बुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै संघीयतालाई बलियो आयोगको ठूलो भूमिका रहेको बताए ।
उनले मूल रुपमा मुलुकमा साम्प्रदायिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताए ।
आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार वार्ता सम्बादको माध्यमबाट समाधान गर्न अनुरोध गरे ।
यसअघि प्रदेश प्रमुख खापङलाई थारु आयोगका सदस्य भोलाराम चौधरीले आयोगको पाँचौ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।