काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माखदामालावापत संकलन गरेको ६ लाख २६ हजार रुपैयाँ सरस्वती माध्यमिक विद्यालयमा अक्ष्यकोष स्थापनाका लागि हस्तानतरण गरेका छन् ।
शुक्रबार हैखरङ र दिउँसो दुम्मानाको सरस्वती माविमा उनले खादामालावापत खर्च हुने रकम संकलन गरेका थिए । त्यसवापतको ६ लाख २६ हजार रकम अक्षयकोष स्थापनाका लागि हस्तानतरण गरेका हुन् ।
त्यस्तै, शुक्रबार आम्चोक १० पाङ्चा र खोटाङको बोपुङ्मा समेत उनको भेटघाट कार्यक्रम रहेको जनाइएको छ ।
असोज ४ गते बालंखा बजारमा चियापान, दिउँसो वडा नं ५ पावलावडा नं ६ को बयाङ, देवन्टार र बसाई गाउँमा भेटघाट कार्यक्रम हुने छ ।
५ गते विहानवडा नं २ युँ र वडानम्बर १ वासिङ थर्पुमा भेटघाट हुनेछ भने ६ गते बेलुका मैयुङमा चौंरीगोठमा ओउग्ने र ७ गते करिब २० जना चौरी, भेडा र गाई बस्तुपालक कृषकलाई सम्मान गर्दै दशै मनाउने कार्यक्रम रहेको छ ।
भेटघाट कार्यक्रम १३ गतेसम्म निरन्तर चल्ने जनाइएको छ । यो पटकको यात्रा विशेषगरी बहालवाला मन्त्री यसअघि कहिल्इै नपुगेको ठाउँमा हुने बताइएको छ ।