योग कार्यशालाको दोस्रो शृङ्खलामा गृह मातहतका २ सय ४५ कर्मचारी सहभागि

योग कार्यशालाको दोस्रो शृङ्खलामा  गृह मातहतका २ सय ४५ कर्मचारी सहभागि

काठमाडौं । गृहमन्त्रालयले सुरु गरेको स्वजागरण अभियानको दोस्रो श्रंखला सुरु भएको छ ।

‘ध्यानद्वारा उर्जा जागरण कार्यशाला’ अभियानका रुपमा गृहमातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउन भन्दै गृह मन्त्रालयले थालेको योग कार्यशालाको दोस्रो शृङ्खला सुरु भएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा आयोजित ‘ध्यानद्वारा उर्जा जागरणको दोस्रो एक दिवसीय कार्यशाला’ उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानद्वारा जीवन शैली परिवर्तन र कार्यक्षमता वृद्धीको विश्वास व्यक्त गरेका छन् ।

गृह मन्त्रालयअन्तर्गत अघिल्लो कार्यशालामा छुटेका, राजपत्र अनंकित, श्रेणीविहीन र सुरक्षाकर्मीसहित दुईसय ४५ जना कर्मचारी यो कार्यशालामा सहभागी छन् ।
यसअघि अधिकृत र सोभन्दा माथिल्ला कर्मचारीका लागि अशोज ६ गते पहिलो कार्यशाला सम्पन्न गरिएको थियो ।

कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । गृह मन्त्रालय र ‘जीवन विज्ञान’ को संयुक्त सहकार्यमा आयोजित शनिबार दिनभरी नै संचालन हुने योग कार्यशालामा योगाभ्यास, प्राणायम र उर्जा ध्यानबारे प्रशिक्षण हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्