काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, नेपालको विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञापन संघ नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले विज्ञापनलाई थितिमा नराखिए, सूचनाको हक जनतालाई सम्प्रेषण गर्न नसक्ने साथै दिगो विकासको लक्ष्य हासिल गर्न समेत सम्भव नरहेको तर्क गरे ।
उनले भने,‘विज्ञापनलाई थितिमा नराखी,नमिलाई हामीले देशको विकास गछौँ ।
सही सूचनाको हक जनतालाई सम्प्रेषण गछौँ । भन्ने कुरापनि सम्भव छैन । साथै दिगो विकासको लक्ष्य हासिल गर्न यो क्षेत्रलाई नकारेर पनि सम्भव छैन् ।’
आफू रहुन्जेलसम्म कोही नेपाली गरिबहरु उपचारको अभावले मर्न नपर्ने भन्दै त्यसको जिम्मा आफू र राज्यले लिने जिकिर गरे ।