कांग्रेस संसदीय दलको बैठक शोक प्रस्ताव पारित

कांग्रेस संसदीय दलको बैठक शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले, इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा परि मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए ।

उनले भने, ‘इजरायलमा प्यालेस्टाईनी हमास समूहको आतंककारी आक्रमणमा १० जना नेपालीहरुको हत्या भएको छ । नेपाली नागरिक घाईते, सम्पर्क विहीन र जोखिममा रहेको हुदाँ १० जनाको मृत्युप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेका छौ । त्यो आक्रमणको निन्दा गरेका छौ ।’
यस्तै, उनले तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, खान बस्नको व्यवस्था गर्न, हत्या भएका विद्यार्थीहरुको शरिरलाई तत्काल नेपाल ल्याउँने लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको पनि बताए ।

उनले भने, ‘त्यसको साथै तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरुको लागि खान बस्नको लागि उचित व्यवस्था गर्ने, हत्या भएका विद्यार्थीहरुको शरिरलाई तत्काल नेपाल ल्याउँने र परिवारलाई बुझाउँने, सम्पर्क विहीनको खोजी गरेर अवस्था सार्वजनिक गर्ने र नेपाल आउँन चहानेहरुलाई तत्काल सुरक्षित स्वदेश फिर्ताको व्यवस्था मिलाउनको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।’

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्