काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले, देशमा बढ्दै गएको अराजकतालाई समयमा नै नियन्त्रण गर्नु जरुरी रहेको बताएका छन् ।
स्थानीय सरकार अपेक्षा र अवस्था, विषयका पुस्तक विमोचन कार्यक्रममा उनले सर्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको बताएका छन् ।
उनले भने, ‘सामाजिक ऐन कानूनले रोकेका कुराहरु, मैले आए भनेर प्रचार गर्नुपर्ने आवश्यकता छैन् । त्यहीबाट द्वन्द्व सुरु भयो, एउटा धर्मवालाहरुले अर्को धर्मको पुस्तक जलाएर देखाउँछ । त्यो बेला सरकार के हेरेर बसेको थियो । हामी सर्वधर्ममा विश्वास गर्छौ, सबै धर्ममा विश्वास गर्छौ । यो जुन खालको अराजकतालाई समयमा नै नियन्त्रण नगर्ने काम अहिले राष्ट्रिय परिस्थिति देखिएको छ । यसले अर्को खालको अराजक अवस्था सिर्जना भएको छ । त्यतातर्फ ध्यान जानुपर्छ ।’
यस्तै, उनले निर्वाचित जन प्रतिनिधिहरुले जनतामा भएको असन्तुष्टिको कारक तत्व पत्ता लगाएर त्यसको समाधान खोज्न आवश्यक भएको बताए ।
उनले भने, ‘निर्वाचित जन प्रतिनिधिहरुले जनतामा भएको असन्तुष्टिको कारम तत्व के हो ।
त्यसलाई हाम्रो आफ्नो क्षमताले कति सम्म निराकरण गर्न सक्छौ, राज्यले के गर्न सक्छ त्यो तर्फ गम्भीर हुन सकिएन भने आउँने दिन चुनौतीपूर्ण र अप्ठ्यारो छ । यसलाई समयमा नै सबै राजनीतिक दलहरुले पूर्वाग्रहभन्दामाथि उठेर कारबाही गर्ने कुरामा दृढतापूर्वक लाग्न राष्ट्रिय आवश्यकता छ ।’