सुदूरपश्चिम प्रदेशसँग पुलिस पराजित

सुदूरपश्चिम प्रदेशसँग पुलिस पराजित

पोखरा । पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगिताको मंग्लबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । किरण ठगुन्ना र नरेन साउदको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले पुलिसलाई ४ विकेटले पराजित गरेको हो ।

राष्ट्रिय टोलीका खेलाडीले सजित पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट ९३ रनको साझेदारी गरे । थगुन्नाले सर्वाधिक अर्थसतक ५१ रन बनाए ।

कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रन जोडे । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट, सुनिल धमला र सागर ढकालले १–१ विकेट लिए ।

पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले पुरै ओभर खेल्दै ४ विकेटको क्षतीमा १ सय ५८ रन बनाएको थियो ।
पुलिसको लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्थसत ६७ रन बनाए । सुनील धमालाले ४२, अर्जुन साउदले २० र कप्तान आरिफ शेखले २ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले २ विकेट लिए । वसन्त खत्री र भोजराज भट्टले १–१ विकेट लिए । समूह डीको अन्तिम खेल आजै आर्मी र कोशी प्रदेशबीच हुदैँ छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्