बेलायती पाउण्डको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ स्थिर रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६० पैसा र बिक्री दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्