पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सम्पन्न भएको छ । नेपाली खेलाडी र चिनियाँ खेलाडीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा नेपाली टोली च्याम्पियन हुन सफल भएको छ ।
जस अनुसार प्रतियोगिता अन्तरगत समूह तर्फ (४० कि.मी)मा सुमन कुलुङ्, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको समुह प्रथम हुन सफल बन्यो ।
वसन्त थारु,मुकेश थारु र श्रेवि महर्जनको समुह द्धितिय तथा प्रेमसिंह थारा, रमेश कुमार लिम्बु र केशरी थापा मगरको समुह तृतीय भए । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङको समुह चौथो स्थानमा रह्यो ।
३८ कि.मी व्यक्तिगत प्रतिष्पर्धामा होमलाल श्रीस प्रथम, वेद बहादुर सुनुवार द्धितिय र तीर्थ तामाङ तृतीय बने ।
५ कि.मि छात्र तर्फ कृष्ण परियार प्रथम, तेन्जन मगर द्धितिय र बादल कार्की तृतीय तथा ५ कि.मि छात्रा तर्फ नारायणी भण्डारी प्रथम, एन्जिला घर्ती द्धितिय र गीता श्रेष्ठ तृतीय भए ।
टीम इभेन्ट अन्तरगत प्रथम हुनेले ३ लाख ६० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथो हुनेले १ लाख ४४ हजार हात पारे ।
व्यक्तिगत इभेन्टतर्फ प्रथम हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार प्राप्त गरें ।
विद्यार्थीतर्फको दौड अन्तरगत प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार नगद प्रदान गरियो ।
विजेताहरुलाई नेपालका लागि चिनिया राजदूत चेन सोङ, गण्डकी प्रदेशका मन्त्रीहरु, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मित्रराष्ट्र चीनको युनान विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक झु वेनझोङ, युनान पर्वतारोहण तथा अन्तर्राष्ट्रिय खेल विभागका उपाध्यक्ष एवं महासचिव झोङ सी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, निर्देशक मदन आचार्य, नेपाल चीन मैत्री संघका विश्व शंकर पालिखे लगायतले पुरस्कार प्रदान गरेका थिए ।
चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन् भएको हो । प्रतियोगिताको सह–आयोजकमा युनान माउन्टेनरीङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन चीन र होटल संघ पोखरा रहेका थिए ।