मुलुक भ्रष्टाचार, तस्करी र गरिबीले आक्रान्त भयो: दुर्गा प्रसाईं

मुलुक भ्रष्टाचार, तस्करी र गरिबीले आक्रान्त भयो: दुर्गा प्रसाईं

काठमाडौं । राजधानी केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचार, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन् ।

चाबहिलको सिफल चौरमा शनिबार आयोजित प्रदर्शनमा उनले भने ‘कुनै पनि दल विशेषका भ्रातृ संगठनलाई म गाली गर्दिन्, कति गाली गर्नु नेपाली नागरिकलाई भुटानी बनाएर पठाइदिने देशमा?’ नेताहरुको चरित्र ठिक नभएको भन्दै उनले रोष प्रकट गरे ।

‘राष्ट्रको झण्डा बोकेर दौरा सुरुवाल लगाएर राष्ट्रिय भेषमा हिँडेको मान्छेलाई पुलिसले लगेर थुन्छ यो देशमा,’ उनले भने, ‘आज हामीले छानेका नेताहरु तस्करसँग पार्टनरसिप गर्छन् । हिजो राजा हामीले खेद्यौं तर राजा खेदेपछि राजा सम्झिने वातावरण दुर्गा प्रसाईले बनाएको होकी प्रचण्ड, केपी, शेरबहादुरले बनाएको हो ?’

दलहरुले राजनीतिक प्रणाली परिवर्तनपछि जनअपेक्षाअनुसार शासन चलाउन नसकेको उनले बताए । नेपालीलाई बलियो बनाउने काम दलहरुले गर्न नसकेको टिप्पणी उनले गरे । ‘युवा संघ, नेविसंघ सबैलाई भन्न चाहान्छु यी पार्टी झण्डा छोड्दिनु, नेपालको झण्डामुनि आउ गरिबी, भ्रष्टाचारी, तस्कर विरुद्ध लडौं र मुलुक बचाउँ । आज यिनीहरु मर्ने हो भने नेपाली जनताले खसी काटेर खान्छन्,’ उनले भने, ‘नेपाल बलियो बनाउन नेपालको व्यापार, व्यवसाय र नेपाली बलियो हुनुपर्छ । यो प्रजातन्त्र, गणतन्त्रले हामीलाई नाङ्गो बनायो, यो व्यवस्था परिवर्तन नगरिकन कसैको अवस्था परिवर्तन हुनेवाला छैन ।’ उनले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्